Monday, August 8, 2011

सेवा सुविदा थपिदै

वायरलेसले जोडेको गाउँ

म्याग्दी- इन्टरनेट प्रविधिको दुनियाँमा पछिल्लोपटक भित्रिएको रोमाञ्चकारी प्रविधि हो, वायरलेस नेटवर्किङ । १० वर्षअघि महावीर पुनको अगुवाइमा जिल्लाको उत्तर-पूर्वी डाँडो महरेमा ७५ किमि परको पोखराबाट ताररहित इन्टरनेट दुर्गम बस्ती छिरेको थियो । सूचना र सञ्चारको माध्यमबाट ग्रामीण जीवनमा सामाजिक र आर्थिक रूपान्तरण गर्ने लक्ष्यसहित सञ्चालन गरिएको ताररहित इन्टरनेट सञ्जाल महावीरको नेतृत्वमा १३ जिल्लामा विस्तार भएको छ । म्याग्दी जिल्लाका २४ गाविसका ४० बढी विद्यालयमा सञ्जाल फैलिएको छ । सन् २००१ मा बीबीसीमा महावीरको इमेल वार्ता प्रकाशित भएपछि सुरु भएको हो, हिमाली बस्तीमा ताररहित इन्टरनेट अभ्यास । र यो प्रविधिलाई दुर्गम बस्तीमा भित्र्याउन बेल्जियमका जोहाज र फिनल्यान्डका जोनीको योगदान महत्त्वपूर्ण छ । पुनको इमेल वार्तालाप पढेपछि यी विदेशी तन्नेरीहरूमध्ये फिनल्यान्डका जोनीले वायरलेस नेटवर्क कार्डलाई पहिलोपटक नागी ल्याई अभ्यास गरेका थिए । जुन लामो अभ्यासपछि सफलता मिल्यो । उनले नै नेपाल वायरलेस नेटवर्कको वेभसाइट सञ्चालनमा आर्थिक सहयोगसमेत गरे ।

एनसेलको स्मार्टफोन हरेक दिन पाँच जनालाई

एक महिना चल्ने यो योजनामा एनसेलका नयाँ
तथा पुराना ग्राहकले सिम कार्ड खरिद गर्दा तथा
एकैपटकमा १ सय रुपैयाँभन्दा बढी रिचार्ज गरेर
सहभागी हुन पाउने छन् । 'त्यसमध्ये लक्की
ड्रका आधारमा ५ जना भाग्यशाली ग्राहकहरूले
एन्ड्रोईडका स्मार्टफोनहरू जित्न सक्ने छन्,'
कम्पनीकी कर्पोरेट कम्युनिकेसन म्यानेजर
सञ्जु कोइरालाले भनिन्, 'यस योजनामा एनसेलको
सजिलो, राम्रो, कर्पोरेट ट्यारिफ र एनसेल कनेक्ट
अन्तर्गतका सिममा नेपालभर लागू हुने छ ।'

read more



No comments:

Post a Comment